काठमाडौं
अवैध ढंगले नेपाल एयरलाइन्सको जहाजबाट हङकङ जान लागेका पाँच भारतीय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । "/>

अध्यागमनमा डरलाग्दो सेटिङ : पाँच भारतीय पक्राउ

अध्यागमनमा डरलाग्दो सेटिङ : पाँच भारतीय पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
अवैध ढंगले नेपाल एयरलाइन्सको जहाजबाट हङकङ जान लागेका पाँच भारतीय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । तीन जनालाई अध्यागमन पार गर्ने बित्तिकै र बाँकी दुईलाई उड्न लागेको नेपाल एयरलाइन्सको विमान भित्रैबाट पक्राउ गरिएको हो । प्रहरी, अध्यागमन र नेपाल एयरलाइन्समा कार्यरत केही कर्मचारीको मिलेमतो र आर्थिक सेटिङमा ‘नो अब्जेक्सन लेटर’ नभएका पाँच भारतीय नागरिक विमानस्थलमा पक्राउ परेका हुन् । उनीहरूका गतिविधि शंकास्पद भएको विमानस्थल प्रहरीले जनाएको छ । अध्यागमनका कर्मचारीले ती भारतीय अभियोग लागेका वा अपराधमा संलग्न भएकाले नेपालको हवाई मार्ग हुँदै हङकङ जान लागेको हुन सक्ने दाबी गरेका छन् ।

विमानस्थलका केही प्रहरी, अध्यागमन र एयरलाइन्सका कर्मचारीले सेटिङ गरी भारतीय नागरिकलाई अध्यागमन पार गराएको सूचना पाउने बित्तिकै कर्मचारीले विमानस्थल प्रहरी प्रमुख एसएसपी प्रेम चन्दलाई जानकारी गराएका थिए । त्यस लगत्तै, प्रहरी र अध्यागमनका कर्मचारीले ती भारतीयलाई पक्राउ गरेका थिए । प्रहरीको समन्वयमा उड्न लागेको नेपाल एयरलाइन्सको जहाज झन्डै एक घण्टा होल्ड गरिएको थियो । दुई जना नो अब्जेक्सन लेटर नभएका भारतीयलाई विमानस्थलबाट पक्राउ गरी बाहिर ल्याइएको थियो।

सेटिङमा पठाएको घटनाले मंगलबार दिनभर विमानस्थलमा हल्लीखल्ली मच्चिएको थियो । विमानस्थल स्थित अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलियाले नो अब्जेक्सन लेटर नभएका पाँच भारतीयलाई पक्राउ गरी अध्यागमन विभाग पठाइएको जानकारी दिए । थपलियाले भने, ‘पहिलो पटक नेपालको हवाईमार्ग हुँदै विदेश जाने भारतीयलाई अनिवार्य दूतावासको पत्र चाहिन्छ । उनीहरूसँग उक्त पत्र नभएकाले पक्राउ गरेका हौं’, अध्यागमनका कर्मचारीले आर्थिक मिलेमतोमा दूतावासको पत्र नभएका पाँच भारतीयको राहदानीमा डिपार्चर छाप लगाइ दिएका थिए , उनीहरू किन भारतबाटै हङकङ गएनन् भन्ने विषयले विभिन्न शंका उब्जिएको छ । ‘नेपालको हवाई मार्ग हुँदै पहिलो पटक विदेश जाने भारतीयले अनिवार्य नो अब्जेक्सन लेटर देखाउनु पर्ने प्रावधान विमानस्थलका सबै सम्बद्ध कर्मचारीलाई थाहा छ’, अध्यागमनका एक कर्मचारीले भने, ‘जसले गरे पनि गम्भीर अपराध भयो ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo