वीरगन्ज
वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा स्थानीय प्रसाशनले मंगलवार छड्के जाँच गर्दा ५३ मध्ये ३१ डाक्टरहरु अनुपस्थित देखिए । ‘जिल्ला प्रशासन कार्यालयबाट गएको प्रशासकीय अधिकृत ठाकुरराम भण्डारी नेतृत्वको टोली अस्पतालमा पौने १० बजे पुगेको थियो । डाक्टरहरु आउने समय ९ बजे हो, सावा १० बजे सम्म २२ जना डाक्टरहरु आउनु भयो, ३१ जना डाक्टर डिउटीमा नआएको भेटियो,’ पर्साका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले भने, ‘१८ जना प्राविधिक कर्मचारी, १० जना नर्सिङ स्टाफ र ५ जना प्रशासनिक कर्मचारी पनि अनुपस्थित नै थिए ।’
नारायणी अस्पताल विकास समितिका अध्यक्ष बिनोद गुप्ताले अनुपस्थित डाक्टरहरु उपर नियम अनुसार कारवाही हुनु पर्ने बताए । ‘मैले हदै सम्मको कारवाही होस स्थानीय प्रसाशनलाई भनेको छुँ,’ उनले भने, ‘सेवा दिनु पर्ने समयमा नआउने डाक्टरको पक्षमा बोल्न सकिदैन ।’ सरकारी अस्पतालमा पुग्दा डाक्टर नभेटिने सर्वसधारणको गुनासो आइरहेका कारण जिल्ला प्रसाशन कार्यालयले मंगलवार छड्के चेक गरेको प्रजिअ सिंहले जनाए । वीरगन्जमा रहेको नारायणी उपक्षेत्रीय अस्पतालमा पर्सा देखी सर्लाही सम्मका सर्वसधारण बिरामीहरु आउने गर्छन् । यहाँ स्वास्थ्य सेवा पाउने आशाले गाउँगाउँबाट आउने बिरामीहरुको पनि भिड लाग्छ ।
नागरिकबाट































प्रतिक्रिया