काठमाडौं
अदालत परिसरमै पत्रकारसँग कुराकानी गर्दै चौधरीले संसदमा जाने ढोका बन्द नभएको बताए । कारागार चलान गरिनु अघि उनले भने, ‘यो नै अन्तिम फैसला होइन, त्यसैले मेरो संसदमा जाने ढोका बन्द भएको छैन ।’ उनले अदालत प्रति भरोसा जनाएका छन् । चौधरीले भने, ‘अहिले कारागार चलान गरे पनि आगामी दिनमा अदालतले मलाई न्याय दिनेछ भन्ने विश्वास लिएको छु ।’
कारागार चलानको आदेशले भारी मतले विजयी सांसदको विश्वास नगरे जस्तो देखिएको उनको भनार्इ थियो । प्रतिनिधिसभा निर्वाचित सदस्य चौधरीले भने, ‘अदालतको आदेश पूर्वाग्रही भयो भन्दिनँ तर, साँढे ३४ हजार जनमतले विजयी भएको सांसदलाई विश्वास नगरे जस्तो देखियो । भाग्ने भए अदालतमै उपस्थित हुने थिइनँ ।’
नयाँपत्रिकाबाट































प्रतिक्रिया