कञ्चनपुर
जंगली हात्तीको झुण्डले घर भत्काई विचल्लीमा पारेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का बासिन्दालाई नेपाल रेडक्रस सोसाइटीले सोमबार राहत सामग्री वितरण गरेको छ । हात्तीले घर भत्काई अन्न खाएर नोक्सानी गरेका ४१ परिवारलाई राहत सामग्री वितरण गरिएको हो । पीडित परिवारलाई छानाका लागि त्रिपाल तथा खाना पकाउन आवश्यक भाँडाकुँडा लगायतका सामग्री वितरण गरिएको रेडक्रस उपशाखा झलारीका सभापति गणेश जोशीले बताए ।
राहत सामग्री वितरण गर्दै नगरपालिकाका प्रमुख दिल बहादुर ऐरले विचल्लीमा परेका परिवारलाई रेडक्रसले सहयोग गरेर गुन लगाएको बताए । यस अघि तारापुर शिविरमा बस्दै आएका विस्थापित हात्तीपीडित परिवारलाई समेत रेडक्रसले राहत सामग्री वितरण गरेको थियो ।
रासस





























प्रतिक्रिया