काठमाडौं
शहीद ऋषिराज देवकोटाको ३७ औँ स्मृति दिवस शनिबार मनाइएको छ । ललितपुर स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुवै पार्टीका काठमाडौं–सिन्धुली सम्पर्क मञ्चले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले शहीद देवकोटा प्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए । "/>

नयाँ सरकारले शहीद घोषणाको मापदण्ड बनाउने

नयाँ सरकारले शहीद घोषणाको मापदण्ड बनाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
शहीद ऋषिराज देवकोटाको ३७ औँ स्मृति दिवस शनिबार मनाइएको छ । ललितपुर स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुवै पार्टीका काठमाडौं–सिन्धुली सम्पर्क मञ्चले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले शहीद देवकोटा प्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

कार्यक्रममा एमाले महासचिव पोखरेलले शहीदकै योगदानले नै मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेको चर्चा गर्दै अबको सरकारले शहीदको सम्मान गर्ने बताए । उनले शहीदको मापदण्ड नहुँदा जो सुकै पनि शहीद हुने गरेको भन्दै अबको सरकारले शहीदको बारेमा मापदण्ड बनाउने जानकारी गराए । माओवादी केन्द्रका नेता गजुरेलले वास्तविक शहीदको सम्मान हुन नसकेको बताए । कार्यक्रममा शहीद देवकोटाका धर्मपत्नी गोमालाई सम्मान गरिएको थियो । वि.सं. २०३६ साल फागुन १२ गते देवकोटा भूमिगत अवस्थामा रहेको बेला पक्राउ गरी तत्कालीन राज्य पक्षले हत्या गरेको थियो ।
नागरिकबाट

Skip This
Skip This
Logo