काठमाडौँ । प्रेमीसँग होटल पुगेकी एक युवतीको शब भेटिएको छ ।  उदयपुरको कटारी घर भई हात्तीवन बस्ने २४ वर्षिय सर्मिला राउतको शव सुन्धाराको निकुद होटलमा भेटिएको हो। "/>

सुन्धारामा प्रेमीसँग होटल गएकी युवती मृत फेला

सुन्धारामा प्रेमीसँग होटल गएकी युवती मृत फेला

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । प्रेमीसँग होटल पुगेकी एक युवतीको शब भेटिएको छ । उदयपुरको कटारी घर भई हात्तीवन बस्ने २४ वर्षिय सर्मिला राउतको शव सुन्धाराको निकुद होटलमा भेटिएको हो।

प्रहरीले अनुसन्धानका लागि युवतीका प्रेमिसहित ३ जनालाई पक्राउ गरेको छ। बिहान उठ्दा प्रेमिकालाई झुन्डिएको अवस्थामा भेटेपछि डोरी फुकाएर निकालेको प्रेमी खड्काले बताएका छन् भने युवतीका आफन्तले उनको हत्या भएको हुनसक्ने आशंका गरेका छन्। 

युवकले नै प्रहरीलाई फोन गरेर बोलाएका थिए। महानगरीय अपराध महाशाखाको टिम र फरेन्सिक चिकित्सक समेत घटनास्थलमा पुगेका छन्। प्रहरीका अनुसार युवकका अन्य २ केटा साथी पनि होटलमा गएका थिए । प्रारम्भिक अनुसन्धानमा युवती र उनका प्रेमि रिन्को ओभरसिज नामक मेनपावर कम्पनीमा काम गर्दै आएको खुलेको छ ।

Logo