काठमाडौं
नेपाली कांग्रेसको संसदीय दलको बैठक फागुन १३ गते बस्दै छ । तीन वटै निर्वाचन गराउन सफल भए पनि कांग्रेस नराम्ररी पराजित भएपछि पार्टी सभापति समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवा माथि दबाब बढेका बेला यो बैठक बस्न लागेको हो ।
संसद सचिवालयले फागुन २१ गतेका लागि संघीय संसद बैठक डाकेकाले आइतबार हुने बैठकले कांग्रेसको संसदीय दलको नेता चयन गर्ने सम्भावना छ । संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवालाई महामन्त्री डा. सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले चुनौती दिइरहेका छन् । उनीहरु देउवालाई सर्वसम्मत संसदीय दलको नेता हुन नदिने कसरतमा छन् । महामन्त्री कोइराला र पूर्व महामन्त्री सिंहले पनि संसदीय दलको नेताका लागि आफूलाई प्रतिस्पर्धीका रुपमा अघि सारिसकेका छन् ।
देउवाले संसदीय दल र पार्टी समेत राम्रोसँग चलाउन नसकेको आरोप उनीहरुले लगाएका छन् । देउवा नेतृत्वको सरकार हुँदा समेत स्थानीय, प्रदेश र प्रतिनिधि सभामा कांग्रेसले लज्जास्पद पराजय भोगेको उनीहरुले आरोप लगाएका छन् । देउवाले पार्टी र संसदीय दलको नेता दुवै चलाउन नसक्ने ठहर सहित उनीहरुले चुनौती दिएका हुन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया