लमजुङ
७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना मर्मतका लागि सात दिन बन्द गरिएको छ । आयोजना बिहीबार राति १० बजेबाट सात दिन सम्म बन्द भएको आयोजनाका केन्द्र प्रमुख पशुपतिराज गौतमले जानकारी दिए । उनका अनुसार शुक्रबार बिहानबाट आयोजनाको मर्मत कार्य सुरु हुनेछ ।
गौतमका अनुसार मध्यमस्र्याङ्दीको बाँधको बायाँतिरको भागमा पानीले हिर्काएर खोतल्दा पहिले बनाइएको संरचनामा क्षति पुगेको छ । थप क्षति हुन नदिन मर्मत गर्न लागिएको हो । मर्मत कार्य चौबीसै घण्टा सञ्चालन हुनेछ । आयोजनाको बाँधको बायाँतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनामा निरन्तर पहिरो खस्ने र बाँधमा समेत क्षति पुर्याउन थालेपछि मर्मत गर्न लागिएको हो ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया