काठमाडौं
यातायात व्यवस्था विभागले सबै खाले सवारी साधनमा इम्बोस्ड नम्बर राख्ने तयारी गरिरहेका बेला सर्वोच्च अदालतले भने तत्काल प्रयोग नगर्न अन्तिम आदेश दिएको छ । इम्बोस्ड नम्बर देवनागरी लिपीमा हुनु पर्ने माग सहित दायर रिटमा बिहीबार सुनुवाइ गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले सवारी साधानमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएको हो ।
भरत बस्नेतले दायर गरेको उक्त रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले नेपाली नम्बर राख्न नसकिने केही कारण छ भने ७ दिन भित्र लिखित जवाफ सहित आउन भनेको छ । गएको भदौ ५ बाट सवारी साधनमा अँग्रेजी लिपीमा इम्बोस्ड नम्बर प्लेट राख्न सुरु गरेको थियो । फागुन १ गते देखि २ पांग्रे सवारीमा पनि इम्बोस्ट नम्बर राख्ने विभागले यस अघि नै निर्णय गरिसकेको छ ।





























प्रतिक्रिया