काठमाडौं
नेकपा एमाले र माओवादी केन्द्र बीच पार्टी एकताका प्रारम्भिक आधारहरु तय भएपछि मन्त्रिपरिषदमा जान माओवादी नेताहरु आतुर देखिएका छन् । "/>

यस्ता छन् माओवादी केन्द्रका मन्त्रिका दाबेदारहरु

यस्ता छन् माओवादी केन्द्रका मन्त्रिका दाबेदारहरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
नेकपा एमाले र माओवादी केन्द्र बीच पार्टी एकताका प्रारम्भिक आधारहरु तय भएपछि मन्त्रिपरिषदमा जान माओवादी नेताहरु आतुर देखिएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार भरतपुर विमानस्थलमा सरकारमा हिजो नै केही मन्त्रीलाई पठाउने जनाउन दिए पनि उनीहरुको नाम निश्चित भइसकेको छैन । माओवादीबाट मन्त्री बन्नको लागि प्राय ‘सिनियर’ नेताहरुले दौडधुप बढाएका छन् ।

वरिष्ठ नेता राम बहादुर थापा राष्ट्रिय सभाको अध्यक्षको चर्चामा रहे पनि उनले अध्यक्ष दाहालसँग आफुलाई मन्त्री बनाउन आग्रह गरेको माओवादी स्रोतको दावी छ । थापाकै नेतृत्वमा माओवादी मन्त्रिमण्डलमा सहभागि हुने करिब निश्चित भएको एक माओवादी नेताले बताए । तर थापालाई कुन मन्त्रालयमा पठाउने भन्ने माओवादीले निश्चित गर्न सकेको छैन । उनी दाहाल पहिलो पटक प्रधानमन्त्री हुँदा रक्षामन्त्री थिए । प्रधानसेनापति रुकमाङगत कटुवाललाई हटाउने सरकारले निर्णय गर्दा थापा नै रक्षामन्त्री थिए । उनी मोहन बैद्यसँगै पार्टी विभाजनमा गए पनि पुन माओवादीमा फर्किएका हुन् ।

यता माओवादीका युवा नेता वर्षमान पुन मन्त्रीका अर्का आकांक्षी हुन् । यस अघि डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका पुनले यसपटक आफुलाई गृहमन्त्रीको आकांक्षीका रुपमा पार्टीमा पेश गरेका छन् । पुनले दाहालसँग आफुलाई गृह मन्त्रालय ठिक हुने भन्दै लविङ गरेको माओवादी नेताहरु बताउँछन् । २०७० को दोस्रो संविधान सभा निर्वाचनमा मोरङबाट उम्मेदवार बनेका पुन पराजित भएका थिए । यस पटक उनले रोल्पाबाट चुनाव जितेका हुन् । पुनलाई दाहाल निकट नेताका रुपमा हेर्ने गरिन्छ । पुन जनमुक्ति सेनाका पूर्व डेपुटी कमाण्डर समेत हुन् ।

यस्तै पूर्व प्रधानमन्त्री डा. भट्टराई सँगै नयाँ शक्तिमा पुगेर पुन माओवादीमा फर्केका देवेन्द्र पौडेलले पनि मन्त्रीमा आकांक्षा देखाएका छन्। उता पम्फा भुसाल , जयपुरी घर्ती, सत्या पहाडी र अमृता थापा पनि मन्त्री बन्ने दौडमा रहेका छन् । तर जनार्दन शर्मा र कृष्ण बहादुर महराले सरकारमा पटक पटक लाभका पद पाएकोले उनीहरुको सम्भावना कम रहेको एक नेताले बताए ।
नागरिकबाट

Logo