सल्यान
आज बन्दको अवज्ञा गरेको भन्दै सल्यानमा प्रहरीले स्कटिङ गरेको गाडीमा प्रदर्शनकारीहरुले तोडफोड गरेका छन् । काठमाण्डौँबाट रुकुम जाँदै गरेको यात्रुबाहक बसलाई राप्ती राजमार्ग अन्र्तगत जलेखर्क बजार नजिकै बन्दकर्ताले तोडफोड गरेका हुन् । "/>

बन्दकर्ताहरुले प्रहरीको स्कटिङ गाडीमा तोडफोड गरे

बन्दकर्ताहरुले प्रहरीको स्कटिङ गाडीमा तोडफोड गरे

केन्द्रबिन्दु
0
Shares

सल्यान
आज बन्दको अवज्ञा गरेको भन्दै सल्यानमा प्रहरीले स्कटिङ गरेको गाडीमा प्रदर्शनकारीहरुले तोडफोड गरेका छन् ।काठमाण्डौँबाट रुकुम जाँदै गरेको यात्रुबाहक बसलाई राप्ती राजमार्ग अन्र्तगत जलेखर्क बजार नजिकै बन्दकर्ताले तोडफोड गरेका हुन् ।

बाँङगेलाखुरीबाट प्रहरीले स्कर्टिङ गरेर लगेको अबस्थामा जलेखर्क नजिकै तोडफोड भएको स्थानिय व्यापारीहरुले बताएका छन् । यता ईलाका प्रहरी कार्यालय बाँगेलाखुरीले बसमा सामान्य तोडफोड भएको बताएको छ । घटना स्थलमा प्रहरी परिचालन गरिएको छ । देशभरी जस्तै सल्यानमा पनि आजको बन्दको प्रभाव रह्यो ।

Logo