काठमाडौं
सरकारले प्रदेशको कामकाजका लागि अहिले सम्म एक हजार कर्मचारी खटाइसकेको छ । जस मध्ये एक सयको हाराहारीमा मात्रै कार्यस्थल पुगेका छन् । "/>

प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने सरकारको तयारी

प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने सरकारको तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
सरकारले प्रदेशको कामकाजका लागि अहिले सम्म एक हजार कर्मचारी खटाइसकेको छ । जस मध्ये एक सयको हाराहारीमा मात्रै कार्यस्थल पुगेका छन् । बाँकी कर्मचारी प्रदेशमा जान अटेर गरेर बसेका छन् । धेरैजसो बीच बाटोबाटै हराएका छन् । कर्मचारीहरू आफ्नो कार्यक्षेत्रमा नजाँदा प्रादेशिक कार्यालयका काम प्रभावित बनेका छन् । सचिव देखि कार्यालय सहयोगी समेतका कर्मचारी खटाएको ठाउँमा नगएपछि सरकार आक्रामक रूपमा प्रस्तुत हुने भएको छ । खटाएका प्रदेश कार्यालयमा नजाने निजामती कर्मचारीलाई सरकारले कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशमा खटाइएका कर्मचारीलाई तत्काल रमाना दिन सम्बन्धित कार्यालय प्रमुखलाई पटक–पटक ताकेता गरिरहेको जनाएको छ । तर खटाएका कर्मचारीले विभिन्न शक्तिकेन्द्र प्रयोग गरेर सरुवा रद्द गर्न दबाब दिन लागेको र खटाएको ठाउँमा नगएपछि उनीहरू माथि आवश्यक कारबाही गर्नु पर्ने स्थितिमा पुगेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । त्यस्ता कर्मचारीलाई कारबाही गर्नेबारे प्रधानमन्त्री केपी ओलीलाई समेत जानकारी गराइसकेको प्रधानमन्त्री कार्यालयका एक सचिवले जानकारी दिए ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo