काठमाडौँ
यस अघि पटक पटक जन्ममिति विवादमा आएका प्रधानन्यायाधीश गोपाल पराजुलीको अर्को जन्ममिती पनि सार्वजनिक भएको छ । "/>

प्रधानन्यायाधीश पराजुलीको पाँचौं जन्ममिति सार्वजनिक !

प्रधानन्यायाधीश पराजुलीको पाँचौं जन्ममिति सार्वजनिक !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
यस अघि पटक पटक जन्ममिति विवादमा आएका प्रधानन्यायाधीश गोपाल पराजुलीको अर्को जन्ममिती पनि सार्वजनिक भएको छ । यो सहित उनको जन्ममिति पाँचौं पुगेको छ । चितवनको शारदानगरस्थित श्री शारदा माविबाट लिएको स्थानान्तरण प्रमाणपत्र (ट्रान्सफर सर्टिफिकेट) को विवरण अनुसार उनको जन्ममिति २००९ साल चैत १५ गते देखिन्छ ।

यसले प्रधानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकतामा फरक फरक जन्ममिति भेटिएपछि उत्पन्न विवादलाई अझै मलजल गरेको छ । सर्वोच्च अदालत उच्च स्रोतले उपलब्ध गराएको ट्रान्सफर सर्टिफिकेटमा प्रधानन्यायाधीश पराजुलीको त्यतिबेलाको उमेर १८ वर्ष २ महिना १० दिन उल्लेख छ ।

प्रमाणपत्रमा भनिएको छ, ‘भर्ना हुने रजिस्ट्रर अनुसार उनको जन्म मिति यही हो ।’ उक्त प्रमाणपत्र २०२८ साल जेठ २५ गते जारी गरिएको त्यसमै उल्लेख छ । न्यायपरिषदबाट सर्वोच्च अदालतमा भएको पत्राचारमा समेत यो प्रमाणपत्रको फोटोकपी पठाइएको छ । प्रधानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र त्यससँग सम्बन्धित पत्राचारका कागजातमा ३ थरी जन्ममिति भेटिएका छन् । तर गोपाल पराजुली स्वयंले भने अरुका बारे भ्रामक सूचना सम्प्रेषण हुन थालेको भन्दै ‘राज्यलाई घच्घच्याउने संस्थालाई आफ्नो विशेषता नगुमाउन’ आग्रह गरेका छन् । पछिल्लो समय आफूबारे प्रकाशित जन्ममिति विवादका समाचारबारे टिप्पणी गर्दै उनले व्यक्तिलाई लागेको विचार तथा अभिव्यक्ति राख्न पाउने स्वतन्त्रता भए पनि ती सत्यता र शिष्टतामा आधारित हुनु पर्ने सुझाएका हुन् ।
कान्तिपुरबाट

Skip This
Skip This
Logo