काठमाडौँ
राष्ट्रपति विद्यादेवी भण्डारीले हालै भएका विभिन्न चरणमा सम्पन्न निर्वाचन मार्फत प्राप्त जनादेश अनुरुप देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्नु पर्ने बताएकी छिन् । "/>

प्रजातन्त्र दिवसमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका बेग्ला बेग्लै शुभकामना

प्रजातन्त्र दिवसमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका बेग्ला बेग्लै शुभकामना

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
राष्ट्रपति विद्यादेवी भण्डारीले हालै भएका विभिन्न चरणमा सम्पन्न निर्वाचन मार्फत प्राप्त जनादेश अनुरुप देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्नु पर्ने बताएकी छिन् । प्रजातन्त्र दिवस–२०७४ का अवसरमा आज उनले दिएको शुभकामना सन्देशमा भनिएको छ, “हामीले प्राप्त गरेका उपलब्धिको मूल्यांकन गर्दै त्यसबाट प्राप्त अनुभव तथा पाठबाट निर्देशित भएर सुशासन, शान्ति र सहमतिलाई आत्मसात् गरी अगाडि बढ्नु हाम्रो साझा जिम्मेवारी र दायित्व हो ।”

६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवसमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले यस दिनले सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छिन् । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि राष्ट्रिय प्रजातन्त्र दिवस ०७४ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनले आज दिएको एक सन्देशमा प्रजातन्त्र प्राप्तिका लागि भएको संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने महान वीर वीराङ्गनाहरुलाई स्मरण गर्दै उहाँहरुप्रति श्रद्धासुमन अर्पण गरिएको छ ।

सन्देशमा उनले विभिन्न कालखण्डमा भएका सशस्त्र संघर्षबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिहरु संस्थागत हुने क्रम तथा नयाँ संविधानको पूर्ण कार्यान्वयनका क्रममा स्थानीय तह, प्रदेश र संघको निर्वाचन सम्पन्न भई सबै तहमा नयाँ सरकार गठन भइसकेको पनि उल्लेख गरेका छन् । यता प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शहीदका अधुरा सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न आह्वान गर्दै राष्ट्रिय प्रजातन्त्र दिवस ०७४ का अवसरमा सम्पूर्ण जनसमुदायलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
रासस

Skip This
Skip This
Logo