तेहरान ।

इरानको जाग्रोस पहाडी क्षेत्रमा आइतबार भएको यात्रुबहाक विमान दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको छ । "/>

विमान दुर्घटनामा ६६ जनाको मृत्यु

विमान दुर्घटनामा ६६ जनाको मृत्यु


तेहरान ।

इरानको जाग्रोस पहाडी क्षेत्रमा आइतबार भएको यात्रुबहाक विमान दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको छ । असेमान एयरलाइन्सको विमान तेहरानको मेहरावाद विमानस्थलबाट यासुजतर्फ जाँदै गरेको एयरलाइन्सका सार्वजनिक सम्वन्ध निर्देशक मोहम्मद ताबाताबाइले जानकारी दिनुभयो । 

जाग्रोस पहाडी क्षेत्रमा रहेको डेना पहाडमा विमान दुर्घटना भएको हो । घटनास्थल यासुज देखि २३ किलोमिटर र राजधानी देखि ५०० किलोमिटर टाढा पर्दछ । “घटनास्थलमा खोजी गरिसकेपछि दुर्भाग्यबश हामीले कसैलाई पनि जिवित पाउन सकेनौं, हाम्रा सवै प्रियजनहरुको निधन भएको छ,” ताबाताबाइले भन्नुभयो । 

विमानमा एउटा बच्चा सहित ६० जना यात्रु थिए भने चालक दलका ६ जना रहेका अधिकारीहरुले जनाएका छन् । इरानको राष्ट्रिय आपत्कालिन सेवाले दुर्घटनामा परेकाको उद्धारकालागि घटनास्थलमा हेलिकोप्टर नै पठाएको थियो । 

“घटनास्थल पहाडी क्षेत्र भएकाले त्यहाँ एम्बुलेन्स पठाउने अवस्था छैन,” आपत्कालिन सेवाका प्रवक्ता मोज्ताबा खालेदीले भन्नुभयो । (रासस/एएफपी

Logo