पानी ट्याङकरले ठक्कर दिँदा दुईको मृत्यु

पानी ट्याङकरले ठक्कर दिँदा दुईको मृत्यु

केन्द्रबिन्दु
0
Shares

हेटौँडा ।

हेटौँडा उपमहानगरपालिका वडा नं. ११ स्थित हेटौँडा नारायणगढ सडकखण्डको सरस्वती खोलामा पानीट्याङकरले मोटरसाइकललाई ठक्करदिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्युहुनेमा मोटरसाइकल चालक नवलपरासी सुनौल नगरपालिका–८ का २६ वर्षीय प्रेमबहादुर क्षेत्री र मोटरसाइकलमा सवार चितवन महानगरपालिका–११ का २० वर्षीय माया क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

हेटौँडाबाट माडीतर्फ जाँदै गरेको ना ३ त ६०२७ नम्बरको पानीट्याङकरले चितवनको भरतपुरबाट हेटौँडातर्फ आइरहेको ना ४५ प ३८२६ नम्बरको मोटरसाइकललाई ठक्करदिँदा गएराति दुबै जनाकोे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

यसैगरी हेटौँडा उपमहानगरपालिका–१४ पद्म पोखरीबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ त ३४१३ नम्बरको ट्याक्टर स्थानीय कुखरेनी खोलामा दुर्घटना हुँदा ट्याक्टरका सहचालक हेटौँडा–१४ का २९ वर्षीय सोमबहादुर लामाको गएराति सोहि ट्याक्टरमा च्यापिएर मृत्यु भएको पशुपतिनगर इलाका प्रहरी कार्यालयले जनाएको छ । रासस

Skip This
Skip This
Logo