बर्दिबास
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता भत्काउन विरोधीहरुले ‘एम्बुस’ थापिरहेको बताएका छन् । "/>

वाम एकता विरोधीले एम्बुस थापेका छन् : प्रचण्ड

वाम एकता विरोधीले एम्बुस थापेका छन् : प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

बर्दिबास
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता भत्काउन विरोधीहरुले ‘एम्बुस’ थापिरहेको बताएका छन् । महोत्तरीको हात्तीलेटमा भएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने ‘हामीलाई सरकार गठनको चटारो छ । एमाले र माओवादीको एकता भत्काउन दक्षिणपन्थी र षड्यन्त्रकारीहरुले भत्काउन ‘एम्बुस’ थापिरहेका छन् । यसबाट वामपन्थी नेताहरु सावधान हुनुहोस् ।’

उनले भने,‘ हाम्रो एकतालाई बीच बाटैमा तुहान जालझेल रचिदैंछ । यसमा कोही पनि नअल्झिनुस् ।’ वाम एकता भत्काउन ‘अफर’ आइरहेको दाहालले खुलासा गरे । ‘ हामीलाई फुटाउन कहिले माओवादीका नेतालाई धम्की सहितको प्रलोभन आउँछ त कहिले एमाले नेतालाई, ’उनले भने । उनले भारत र चीन जस्तो विशाल देशसँंग सम्बन्ध प्रगाढ बनाएर लाभ लिई नेपाललाई समृद्ध बनाउने दाबी गरे ।

उनले भने, ‘हामी समाजवादको पक्षमा लड्न वामपन्थी एक भएका हौं । यो हाम्रो ऐतिहासिक मिसन हो।’ दुई तीन नेताको बलमा देश समृद्ध नबन्ने बताउदै दाहालले सबैलाई सहयोग गर्न अपिल गरे । पार्टी एकताले आफुहरुलाई समाजवादी यात्रामा ऊर्जा मिलेको उनले बताए । ‘स्थायी शान्ति, विकास र समृद्धिको लागि पार्टी एकताको प्रस्ताव मैले नै केपी जीलाई गरेको थिए, ’उनले भने, ‘नयाँ नेपालको जिम्मेवारी वामपन्थीको हातमा आएको छ । झन्डै दुई तिहाई बहुमत हामीलाई जनताले दिएका छन् । मलाई यसमा गर्व छ ।’
अन्नपूर्णबाट

Logo