स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु

स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बैतडी ।

पुरचौँडी नगरपालिका– ५ कुवाकोटमा शुक्रबार ना ४ क ५७६५ नं को स्काभेटर दुर्घटना हुँदा चालक कञ्चनपुर भीमदत्तनगरपालिका– ९ का ३८ वर्षीय रामबहादुर रावलको मृत्यु भएको छ । 

अपराह्न सडक निर्माण गर्ने क्रममा सडकबाट १२० मि तल खसेको थियो । गम्भीर घाइते चालकलाई उपचारका लागि लैजाने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Logo