काठमाडौं ।
मेक्सिकोमा ७ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्पको धक्का २२५ माइल टाढासम्म महसुस गरिएको थियो । करिब २ मिनेटसम्म हल्लाइरहेको स्थानीयले बताएका छन् ।
एक शताव्दीयताकै शक्तिशाली भूकम्प गएको अधिकारीहरुले बताएको न्युयोर्क टाइम्सले लेखेको छ ।
केही भवनहरु भत्किएका छन् । हजारौं मानिसहरु घर बाहिर निस्किएका छन् । भूकम्पबाट भएको मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।
गत १९ सेप्टेम्बरमा पनि यही क्षेत्रमा भूकम्प जाँदा ३ सय जनाको मृत्यु भएको थियो ।































प्रतिक्रिया