काठमाडौं
काठमाडौं महानगरपालिका वडा नं २१ स्थित लगनटोलमा आज बिहान आगलागी हुँदा २ वटा घर जलेर पूर्णरुपमा नस्ट भएका छन् । "/>

लगनटोलको आगलागी नियन्त्रणमाः बाबुको मृत्यु, छोरा घाइते

लगनटोलको आगलागी नियन्त्रणमाः बाबुको मृत्यु, छोरा घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
काठमाडौं महानगरपालिका वडा नं २१ स्थित लगनटोलमा आज बिहान आगलागी हुँदा २ वटा घर जलेर पूर्णरुपमा नस्ट भएका छन् ।  आगलागीमा एक जनाको मृत्यु भएको छ । आगोमा जलेर ६५ वर्षीय जीवनकाजी श्रेष्ठको जलेर मृत्यु भयो भने उनका छोरा प्रविण घाइते भएका छन् । बिहान २ बजे तिर लगनचोकमा रहेका अमृत नारायण महर्जन र अमृतलाल रञ्जितको घरमा आगलागी भएको हो । दुबै घर जलेर पूर्णरुपमा नस्ट भएको प्रहरीले जनाएको छ ।

अमृतलाल रञ्जितको घर भाडामा लिएर बस्दै आएका जीवनकाजी श्रेष्ठको अवस्था हाल सम्म अज्ञात छ । उनका छोरा प्रविण आगोमा जलेर घाइते भएका छन् । आगलागी नियन्त्रणमा खटिएका डिएसपी टेकुनन्द लिम्बुका अनुसार अहिले आगो नियन्त्रणमा आइसकेको छ । पुरानो घरको भर्‍याङ पनि सबै जलेर ध्वस्त भएकाले घरभित्र जान सकिएको छैन । आगलागीको कारण खुलेको छैन । तर घर भित्र बालेको हिटरबाट आगो सल्किएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । आगो निभाउन अग्नि नियन्त्रक टोलीसँगै प्रहरी र स्थानीयबासी खटिनुका साथै काठमाडौं, ललितपुर र भक्तपुरका ५ वटा दमकल प्रयोग गरिएको थियो ।

Logo