सिन्धुली
आज साँझ विपी राजमार्गमा भएको जीप दुर्घटनामा मृत्यु हुने चारै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालिका ६ का ६१ बर्षिय लक्ष्मी प्रसाद देवकोटा, गोलञ्जोर गाँउपालिका ५ का २० बर्षिय रेशम कार्की, सोही स्थानका २२ बर्षिय युवराज लुंगेली मगर, १९ बर्षिय नवराज थापा रहेका छन् । "/>

सिन्धुली जीप दुर्घटनामा मृत्यु हुने चारै जनाको सनाखत

सिन्धुली जीप दुर्घटनामा मृत्यु हुने चारै जनाको सनाखत

केन्द्रबिन्दु
0
Shares

सिन्धुली
आज साँझ विपी राजमार्गमा भएको जीप दुर्घटनामा मृत्यु हुने चारै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालिका ६ का ६१ बर्षिय लक्ष्मी प्रसाद देवकोटा, गोलञ्जोर गाँउपालिका ५ का २० बर्षिय रेशम कार्की, सोही स्थानका २२ बर्षिय युवराज लुंगेली मगर, १९ बर्षिय नवराज थापा रहेका छन् ।

घाइते मध्ये ५ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने बाँकी जिल्ला अस्पताल सिन्धुली र मोर्डन एमोलो अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको डीएसपी विनोद शर्माले बताए ।

आज साँझ विपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ स्थित सेल्फीडाँडा नजिकै बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा १८ जना घाइते भएका छन् । सिन्धुलीमाढीबाट यात्रु लिएर गोलञ्जोर गाँउपालिका ६ नाकाझोली जाँदै गरेको बा ११ च २२७५ नम्बरको बोलेरो सडकबाट झण्डै ४ सय मिटर तल खसेको बताइएको छ ।

Skip This
Skip This
Logo