सिन्धुली
विपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ स्थित सेल्फीडाँडा नजिकै आज साँझ बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । "/>

सिन्धुलीको सेल्फीडाँडामा जिप दुर्घटना, ४ जनाको मृत्यु

सिन्धुलीको सेल्फीडाँडामा जिप दुर्घटना, ४ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सिन्धुली
विपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ स्थित सेल्फीडाँडा नजिकै आज साँझ बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा १८ जना घाइते भएका छन् ।
सिन्धुलीमाढीबाट खचाखच यात्रु लिएर गोलञ्जोर गाँउपालिका ६ नाकाझोली जाँदै गरेको बा ११ च २२७५ नम्बरको बोलेरो सडकबाट झण्डै ४ सय मिटर तल खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विनोद शर्माले जानकारी दिए । मृतकहरुको सनाखत भएको छैन । घाइतेको सिन्धुली जिल्ला अस्पताल र मोर्डन एपोलो अस्पतालमा उपचार भइरहेको तथा गम्भीर घाइते केहिलाई काठमाडौं उपचारका लागि पठाइएको छ ।

Skip This
Skip This
Logo