काठमाडौं
उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ । औद्योगिक व्यवसाय ऐन ०७३ को दफा १८ बमोजिम मन्त्रालयमा सोमबार बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको २२४ औं बैठकले चीनको हाइड्रो चाइना कर्पोरेसनलाई स्वीकृति दिएको हो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, ०४९ को दफा ३ को उपदफा ३ अनुसार साबिक रसुवाको स्याफ्रु, गोल्जुङ र गत्लाङ गाविसमा पर्ने त्रिशूलीमा जलविद्युत् उत्पादनका लागि विदेशी लगानी माग भएकामा उक्त कम्पनीको प्रस्ताव स्वीकृत गरिएको उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले जानकारी दिए ।
नागरिकबाट































प्रतिक्रिया