कालिकोट
कालिकोटका ब्यापारीहरुले म्याद सकिएको खाद्य पदार्थको सामानहरु म्याद लेखिएको ठाउँमा कलमले केरकार गरि बिक्रि गरेको अवस्थामा फेला परेको छ । "/>

बजार अनुगमनमा लाखौंका अखाद्य वस्तु बरामद

बजार अनुगमनमा लाखौंका अखाद्य वस्तु बरामद

केन्द्रबिन्दु
0
Shares

कालिकोट
कालिकोटका ब्यापारीहरुले म्याद सकिएको खाद्य पदार्थको सामानहरु म्याद लेखिएको ठाउँमा कलमले केरकार गरि बिक्रि गरेको अवस्थामा फेला परेको छ । जिल्ला प्रशासन कार्यालय कालिकोटले गरेको अनुगमनमा यस्तो भेटिएको हो ।

जिल्लामा बिभिन्न बजारमा अनुगमन गर्दा म्याद सकिएको खाद्य पदार्थहरुमा अन्तिम म्याद सकिने ठाउँमा कलमले केरकार गरेर बिक्रि गर्ने गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले बताए । ‘म्याद सकिएका खाद्य सामानमा म्याद लेखेको ठाउँमा कलमले केरकार गरेर बिक्रि गर्ने गरेको छन् ।’ उनले भने, ‘यो ठुलो खेलवाड हो ।’

जिल्लाका अधिकांस ब्यापारीहरुले म्याद सकिएका पेय पदार्थ, जंगफुड र मसलाका सामानहरु म्याद सकिएको ठाउँमा केरकार गरेर बिक्रि गर्ने गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी दुलालले बताए । ‘पेय पदार्थ, मसलाका सामान र जंगफुडमा केरकार गरेर बिक्रि गर्ने गरेको पाइयो ।’ उनले भने, ‘यो ब्यापारीको चरम लापरवाही हो ।’ बजार अनुगमन टोलिले पिठो, कोक, फ्यान्टा, चाउमिन, विस्कुट, चाउचाउ, वेसार, सुर्ति, फ्रुटी लगायतका लाखौंको म्याद नागेका अखाद्य वस्तुको बरामत गरेको छ ।
नेपाल समाचारपत्रबाट

Logo