काठमाडौं ।

वाम गठबन्धनले दाबीपत्र प्रस्तुत गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरिन् । "/>

….अनि गएन माओवादी सरकारमा

….अनि गएन माओवादी सरकारमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वाम गठबन्धनले दाबीपत्र प्रस्तुत गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरिन् । फास्ट ट्र्याकमा ओली प्रधानमन्त्री भएकाले कतिपय निर्णय हतार हतारमा भयो ।

देउवाले राष्ट्रिय सभामा तीन जना मनोनयनको ‘लफडा’ निकालेर फेरि सत्ता लम्ब्याउलान् कि भन्ने त्रासमा ओलीको सत्तायात्रा सुरु भयो । ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको पत्र राष्ट्रपति कार्यालय, शीतल निवासमा बुझाएलगत्तै शपथ, बहालीजस्ता कार्यक्रम बनिहाले ।

शीतल निवासबाट हतार हतार बोलाइएको संसदीय दलको बैठकले ओलीलाई संसदीय दलका नेता बनायो । त्यसपछि बालकोटस्थित निवास पुगेका ओली तोकिएको समयभन्दा एक घण्टा ढिलो शपथमा पुगे ।

ओलीले शपथ लिने टुंगो लागे पनि मन्त्रीको टुंगो लागेको थिएन । ओलीले बाटोबाटै माधव नेपाललाई फोन गरेर मन्त्रीको नाम मागे । नेपालले मोरङमा शेखर कोइरालालाई हराएका चर्चित नेता लालबाबु पण्डित सिफारिस गरे । ओलीले आफू निकट थममाया थापाको नाम थपेर दुई जनाको शपथ तयारी गरे ।

पहिलो चरणमा ईश्वर पोखरेल सरकारमा जाने चर्चा चले पनि हुन सकेन । पोखरेलसहित विष्णु पौडेल, रविन्द्र अधिकारी, भानुभक्त ढकाल, नारदमुनी राना तयारी अवस्थामा थिए ।

सरकारमा माओवादी मन्त्रीलाई पनि शपथ खुवाइने हो कि भन्ने चर्चा थियो । तर, शपथ हुन सकेन । माओवादीले पार्टी एकतालाई निष्कर्ष दिएरमात्रै सरकारमा सहभागी हुने बताएपछि शपथ रोकियो । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पार्टी एकता निष्कर्षमा नपुगेसम्म सरकारमा सहभागी नहुने धारणा बताए ।

हतारमा नयाँ सरकार

गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको अन्तिम परिणाम बुधबार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझाएपछि बिहीबार नै नया“ सरकार गठनको प्रक्रिया सुरु भएको थियो । सरकार गठनका लागि भन्दै राष्ट्रपतिले ताप्लेजुङको कार्यक्रम रोकेर शपथको बन्दोबस्त मिलाइन् ।

दुवै दलका अध्यक्षले हस्ताक्षर गरेको सो पत्रमा नेपालका संविधानको धारा ७६ (२) बमोजिम बहुमतका आधारमा प्रधानमन्त्री नियुक्त गर्न उल्लेख गरिएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेको १२१ र केन्द्रको ५३ सदस्य छन् ।

 

Logo