झापा ।
नेपाली काँग्रेसका केन्द्रिय प्रवक्ता विश्वप्रकाश शर्मा दम्पतीले भ्यालेन्टाइन डेको अवशरमा रक्तदान गरेका छन् । प्रवक्ता शर्मा र उहाँकी धर्मपत्नी गायिका कविता शर्माले झापाको विर्तामोडमा रहेको ब्लड बैंकमा रक्तदान गरेका हुन् ।
शर्माले फेसबुकमा रक्तदान गरिरहेको फोटो पोष्टै गर्दै लेखेकी छिन्, दक्षिण झापा कचनाकवलकि २८ बर्सिया निर्मलादेवी गणेशलाई रगतमा ‘प्लेटलेट’ को मात्रा कम भएर ‘फ्रेस ब्लड’को सख्त जरुरी परेको छ । बिर्तामोडको ब्लड बैंकमा गएर आज हामी दुवैले उहाँलाई चाहिएको ओ पोजेटिभ रगत, रक्तदान गर्यौं र आपसलाई भन्यौं ‘ह्याप्पी भ्यालेन्टाइन डे’
वि एण्ड सि अस्पतालमा उपचाररत निर्मालादेवी गणेशलाई अझै १० पिन्ट रगत आवश्यक पर्ने भएकाले ओ पोजेटिभ रगत समूह भएकाहरुलाई रगत दिन पनि उनीहरुले अनुरोध गरेका छन् ।
रक्तदान गर्न चाहाने ओ पोजेटिभ रगत समूह भएका साथीहरुले ०२३५४१८३३ मा सम्पर्क गरेर आवश्यक रक्तदान गर्न सक्नेछन् ।































प्रतिक्रिया