धनगढी
प्रदेश नम्बर ७ मा मुख्यमन्त्री नियुक्तका लागी त्रिलोचन भट्टले प्रदेश प्रमुख मोहनराज मल्ल समक्ष दावी पेश गरेका छन् । माओवादी केन्द्र र एमालेका ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षर सहितको पत्र भट्टले बुधवार प्रदेश प्रमुख समक्ष पेश गरेका हुन् ।
बुधवार बिहान प्रदेश प्रमुखको आह्वानमा बसेको सर्वदलीय बैठकपछि प्रदेश प्रमुख मोहनराज मल्लले फागुन ४ गते भित्र संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीका लागी दावी पेश गर्न आह्वान गरेका थिए । कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्य मन्त्री नियुक्त हुने नभएपछि धारा १ सय ६८ को उपधारा २ बमोजिम माओवादी केन्द्र र एमालेका बहुमत प्राप्त सदस्यको समर्थनमा भट्टले मुख्यमन्त्रीका लागी दावी पेश गरेका हुन् । मुख्यमन्त्रीको दावी पेश गर्न त्रिलोचन भट्टको साथमा माओवादी केन्द्रका प्रदेश ७ का इन्चार्ज लेखराज भट्ट लगायत एमाले र माओवादीका उल्लेख्य प्रदेश सभा सदस्य उपस्थित रहेका थिए ।
नागरिकबाट































प्रतिक्रिया