काठमाडौं
एमाले स्थायी समितिको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । बुधबार दिउँसो ललितपुरको मानभवन स्थित एक माओवादी नेताको घरमा बसेको स्थायी समितिको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बैठकमा अध्यक्ष ओलीले माओवादी र एमाले बीचको एकताका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’सँग भएको छलफलको जानकारी गराएका थिए । सँगै ओलीले पार्टी एकताका विषयमा भएका छलफल माथि सुझाव समेत मागेका छन् । नेताहरुले दिएको सुझाव माथि एकता संयोजन समितिको बैठकमा छलफल हुँदैछ ।
अन्नपूर्णबाट































प्रतिक्रिया