बैतडी ।

चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् ।  

मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिनुभयो । "/>

चट्याङ लागेर २२ जना सैनिक घाइते

चट्याङ लागेर २२ जना सैनिक घाइते

केन्द्रबिन्दु
0
Shares

बैतडी ।

चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । 

मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।” गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको सेनानी बानियाँले जानकारी दिनुभयो । 

बानियाँका अनुसार तालीममा रहेका सेनाका जवान एक्कासी चट्याङ लागेर घाइते भएका छन् । सामान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । गम्भीर घाइते पाँचजनालाई उपचारका लागि काठमाडौँ पठाउने तयारी गरिएको छ । रासस

Skip This
Skip This
Logo