काठमाडौँ
बौद्ध धर्मावलम्बीहरूको पर्व नयाँ वर्ष ग्याल्पो लोसार विभिन्न कार्यक्रम सहित ज्योती पार्टी प्यालेस कुमारीगल लाउरेटोलमा तीन दिन मनाइने भएको छ । "/>

ग्याल्पो लोसार आज देखि तीन दिन मनाइँदै

ग्याल्पो लोसार आज देखि तीन दिन मनाइँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
बौद्ध धर्मावलम्बीहरूको पर्व नयाँ वर्ष ग्याल्पो लोसार विभिन्न कार्यक्रम सहित ज्योती पार्टी प्यालेस कुमारीगल लाउरेटोलमा तीन दिन मनाइने भएको छ । पर्व आज बुधबार देखि शुक्रबार सम्म मनाउने तयारी गरिएको हो । धार्मिक मान्यता अनुरूप हिमवत खण्डबाट सुरु भएको ‘च्या लो’ (चरा वर्ष) लाई विदा गरी ‘खि लो’ (कुकुर वर्ष) २१४५ भव्य रुपमा मनाइँदै छ ।

बौद्ध धर्मको महायानी सम्प्रदायमा साम्बोटा लिपिले समेटेको हिमाली भोटचन्द्र पात्रो (दतु) मा तिथि मिति परिवर्तन हुँदा बौद्ध धर्मावलम्बीले नयाँ वर्ष ग्याल्पो लोसार मनाउने गर्छन् । यस वर्ष हिमालयन शेर्पा सांस्कृतिक केन्द्र र नेपाल तामाङ बौद्ध महासंघले संयुक्त रूपमा कार्यक्रम गरी लोसार मनाउने केन्द्रका महासचिव सेर्कु शेर्पाले बताए । लोसारलाई राष्ट्रिय पर्वका रूपमा विकास गरी बौद्धमार्गीले एकै स्थानमा स फो खि लो २१४५ औं ग्याल्पो लोसार टुँडिखेलमा मनाउन सुरुवात गरेको उनले बताए ।

लोसारमा बुधबार गुथुक साँझ, साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिता हुनेछ भने बिहीबार पुरस्कार वितरण सहित सांस्कृतिक कार्यक्रम र शुभकामना आदानप्रदान गरी लोसार मनाइने छ । शेर्पा, तामाङ, भोटे, गुरुङ, थकाली, ह्योल्मो लगायत बौद्ध धर्मावलम्बीले पात्रोअनुसार चारै वटै लोसार मनाउने गर्छन् । लोसारमा छेमार र छेयाङफुद सजाउने गर्छन् । नौ प्रकारका खानेकुरा मिसाएर पकाइएका खाना (गुथुक), खप्स र फलफूल खाएर शुभकामना साटासाट गरी विश्वभर एकै समय लोसार मनाउने गरिन्छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo