दाङ
विद्युत प्राधिकरण घोराही शाखाले साँढे तीन करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ । बक्यौता रकम बुझाउन सम्बन्धित उपभोक्तालाई पत्राचार गरे पनि उनीहरूले अटेर गर्दै आएको प्राधिकरणको भनार्इ छ । "/>

दाङको विद्युत बक्यौता साँढे तीन करोड वढी

दाङको विद्युत बक्यौता साँढे तीन करोड वढी

केन्द्रबिन्दु
0
Shares

दाङ
विद्युत प्राधिकरण घोराही शाखाले साँढे तीन करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ । बक्यौता रकम बुझाउन सम्बन्धित उपभोक्तालाई पत्राचार गरे पनि उनीहरूले अटेर गर्दै आएको प्राधिकरणको भनार्इ छ । बक्यौता रकम नउठ्दा कार्यालयले आर्थिक व्ययभार खेप्नु परेको छ । दाङमा कलकारखाना भन्दा घर बत्तीको महसुल नबुझाउने को संख्या धेरै रहेको प्राधिकरणले जनाएको छ । घरबत्तीतर्फ दुई करोड ३० लाख ७८ हजार ६१७, सरकारी कार्यालयतर्फ १९ लाख १२ हजार ८७२, व्यवसायतर्फ ३५ लाख ८४ हजार ४२८, सडकबत्ती तर्फ पाँच लाख ४८ हजार २५३ र धार्मिक क्षेत्र तर्फ ३१ हजार एक गरी तीन करोड ४९ लाख ८४ हजार २५७ रुपैयाँ बक्यौता रहेको प्राधिकरण घोराही शाखाका सूचना अधिकारी खेमराज भण्डारीले जानकारी दिए ।

बक्यौता उठाउन सरकारी कार्यालयमा समस्या रहेको भण्डारीले बताए । ‘घरबत्तीमा लाइन काट्छौँ भनेमा महसुल बुझाउँछन्, तर सरकारी कार्यालयका लाइन काट्न पनि मिल्दैन । महसुल पनि बुझाउँदैनन् । बक्यौता देखाउँदै लिस्टिङ गर्दै राख्नुको विकल्प छैन,’ उनले भने, ‘महसुल बुझाउन धेरै पटक पत्राचार गर्यौँ । तर सरकारी कार्यालयमा बजेट छैन । बजेट माग गर्दैछौँ भन्ने जवाफ फर्काउँछन् ।

हाल सम्म विद्युत सेवा लिए बापत ९२ वटा सरकारी तथा गैरसरकारी कार्यालयले महसुल बुझाएका छैनन् । जिल्ला समन्वय समिति दाङले ५० हजार २४८, देउखुरी जिल्ला अदालत २७ हजार ३४१, जिल्ला जनस्वास्थ्य कार्यालय ६७ हजार २६१, कारागार शाखा घोराही ४६ हजार ७४६, ज्योति पशुपक्षी योजना कृषि समूह ६१ हजार १९३, जिल्ला वन कार्यालय ३५ हजार, नारायण–सल्यानी स्मृति भवन ३४ हजार ५९९, उपस्वास्थ्य चौकी हापुर बिजौरी ३० हजार, सोनपुर सामुदायिक वन उपभोक्ता समिति ४७ हजार ६५७, सहिद उमेशचन्द्र थापा सालिक निर्माण समिति २२ हजार ८६९ र सडक विभाग कार्यालयले ६९ हजार ४२४ रुपैयाँ तिर्न बाँकी छ ।
नयाँपत्रिकाबाट

Logo