रसुवा
रसुवा जिल्लालाई आज देखि साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेका अनुसार ९६.२९ प्रतिशत जिल्लावासी साक्षर भएको पाइएकाले सरकारी नीति बमोजिम साक्षर जिल्ला घोषणा गरिएको हो । "/>

रसुवाका ९६.२९ प्रतिशत जिल्लावासी साक्षर

रसुवाका ९६.२९ प्रतिशत जिल्लावासी साक्षर

केन्द्रबिन्दु
0
Shares

रसुवा
रसुवा जिल्लालाई आज देखि साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेका अनुसार ९६.२९ प्रतिशत जिल्लावासी साक्षर भएको पाइएकाले सरकारी नीति बमोजिम साक्षर जिल्ला घोषणा गरिएको हो । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य मोहन आचार्यले आज साक्षर जिल्ला घोषणा गरेका हुन् । पाँच गाउँपालिका रहेको जिल्लामा साक्षर हुनेमा १५ देखि ६० वर्ष उमेर भित्रका रहेको बताइएको छ ।

प्रदेशसभाका सदस्य प्रेम तामाङ तथा गाउँपालिकाका अध्यक्ष कालिकाका सीता अधिकारी, गोसाइँकुण्डका कैसाङनुर्पु तामाङ र उत्तरगयाका उपेन्द्र लम्सालले भावी सन्ततिलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सबै अभिभावकलाई आग्रह गरेका थिए ।
रासस

Logo