जनकपुरधाम
घरपरिवारबाटै जिउँदै जलाइएकी २० वर्षिय हजरा खातुनले उपचारको क्रममा सोमबार प्राण त्यागेकी छिन् । काठमाडौंको कीर्तिपुर अस्पतालमा सोमबार दिउँसो उनको मृत्यु भएको परिवारजनले जानकारी गराएका छन् । "/>

परिवारले जिउँदै जलाएको १० दिनपछि हजराको निधन

परिवारले जिउँदै जलाएको १० दिनपछि हजराको निधन

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम
घरपरिवारबाटै जिउँदै जलाइएकी २० वर्षिय हजरा खातुनले उपचारको क्रममा सोमबार प्राण त्यागेकी छिन् । काठमाडौंको कीर्तिपुर अस्पतालमा सोमबार दिउँसो उनको मृत्यु भएको परिवारजनले जानकारी गराएका छन् । श्रीमानसँग सम्बन्ध विच्छेद गर्न नमान्दा उनलाई मट्टीतेल खन्याएर घरमै जलाइएको थियो । धनुषाको क्षिरेश्वरनगरपालिका ८ हार्सरकी हजरालाई माघ २० गते विहान ९ बजे श्रीमान रसिद सहित सासुससुराले मिलेर घरमै मट्टीतेल जिउँमा खन्याएर आगो लगाएको आरोप माइतीपक्षको रहेको छ ।

उनलाई प्रहरीले घरबाट जल्दै गर्दा उद्धार गरि जनकपुर अञ्चल अस्पतालमा भर्ना गराएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं किर्तिपुर अस्पतालमा भर्ना गरिएको थियो । जलाइएको दश दिनपछि उनको मृत्यु भएको हो । उनको टाउको भन्दा तलको शरीरको सम्पूर्ण भाग जलेको थियो । घटनापछि हजराले आफुलाई पति रसिद राइन, ससुरा अलिशेख कवारी, सासु रामसुनरि खातुन र नन्द जाहिर खातुन मिलेर जिउमा मट्टीतेल छर्की आगो लगाएको बयान दिएकी थिइन् । घटना पश्चात हजराकी आमा जनकपुर उपमहानगरपालिका २० देवपुरा रुपैठा बस्ने तैरुल खातुनले हजराकी श्रीमान रसिद, ससुरा ५५ वर्षका अलिशेख कवारी, सासु रामसुनरि खातुन र नन्द जाहिर खातुन माथि जाहेरी दिएकी छिन् ।
अन्नपूर्णबाट

Logo