अमेरिका
विश्वमा केही घटनाहरु यस्ता हुन्छन्, जुन पत्याउन निकै गाह्रो हुन्छ । त्यस्तै एक घटना अमेरिकाको मिसिगनमा रहेको भेन भन्ने स्थानमा घटेको छ । अमेरिकाको यो क्षेत्रमा मानिसहरु कुखुराको मासु खान निकै मन पराउँछन् । यसै सिलसिलामा एक कुखुरा मालिकले पनि आफ्नो कुखुरा काट्ने सोच बनाए । उनले धारिलो हतियारले कुखुराको टाउको काटे तर टाउको काटेपछि पनि कुखुरा जीउँदो नै रह्यो । त्यसपछि मालिकले कुखुरालाई राम्रोसँग हेर्दा गलत तरिकाबाट टाउको काटिएको पाए । कुखुराको टाउको काटेपछि पनि दिमागमा जाने एक नसा र खाने पिउने अर्को नसा भने काटिएको थिएन ।
यो घटना भएपछि मालिकले बचेको नसाबाट कुखुरालाई दूध र पानी खुवाउन थाले र यसको परीक्षणको लागि उथाह विश्वविद्यालयमा लगियो । यो कुखुरा उक्त अवस्थामा १८ महिना सम्म जिउँदो रह्यो । त्यसपछि कुखुराले मालिकलाई चर्चित मात्र बनाएन, उनले मासिक ४५ सय सम्मको आम्दानी पनि गर्न थालेका थिए ।
एजेन्सी





























प्रतिक्रिया