धनगढी

प्रदेश नम्बर ७ को प्रदेशसभाको आज बसेको बैठकले बझाङबाट निर्वाचित नेकपा (एमाले)का सांसद अर्जुनबहादुर थापा प्रदेशसभाको सभामुख पदमा निर्विरोध निर्वाचित गरेको छ । "/>

थापा प्रदेश नं ७ को सभामुख निर्वाचित

थापा प्रदेश नं ७ को सभामुख निर्वाचित

केन्द्रबिन्दु
0
Shares

धनगढी

प्रदेश नम्बर ७ को प्रदेशसभाको आज बसेको बैठकले बझाङबाट निर्वाचित नेकपा (एमाले)का सांसद अर्जुनबहादुर थापा प्रदेशसभाको सभामुख पदमा निर्विरोध निर्वाचित गरेको छ । 

प्रदेशसभाको पहिलो अधिवेशनको आज भएको दोस्रो दिनको बैठकमा सभामुखको भूमिका निर्वाह गर्नुभएका ज्येष्ठ सांसद दिव्येश्वरी शाहले सांसद अर्जुनबहादुर थापालाई प्रदेश नम्बर ७ को प्रदेशसभाको सभामुख पदमा निर्वाचित गरियोस् भनी एउटा मात्र प्रस्ताव प्राप्त हुन आएकाले प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि, २०७४ को दफा ६ को उपदफा ३ बमोजिम उहाँ प्रदेशसभाको सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभयो । 

ज्येष्ठ सदस्य शाहले सांसद थापा सभामुख पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा उहाँको सफल कार्यकालका लागि हार्दिक शुभकामनासहित बधाई दिनुभएको थियो । 

यसअघि बैठकमा सभामुखको अनुमति लिएर प्रस्तावक नेकपा (एमाले)का सांसद दीर्घबहादुर सोडारीले सांसद अर्जुनबहादुर थापालाई सभामुखमा निर्वाचित गरियोस् भनी दर्ता गराउनुभएको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

प्रस्तावकले प्रस्ताव पेश गर्नु भएपछि नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता त्रिलोचन भट्टले समर्थन गर्नुभएको थियो । 

प्रदेशसभाको अर्को बैठक २०७४ फागुन ६ गते दिउँसो १ः०० बजे सम्मका लागि स्थगित गरिएको छ । रासस

Logo