हेटौंडा ।

डोरमणि पौडेलले प्रदेश नम्बर ३ मा मुख्यमन्त्रीको पद तथा गोपनियताको सपथ दिएका छन् । "/>

माओवादीबीनाको सरकार बन्ने संकेत, मन्त्रिपरिषद् गठनको तयारी तिव्र

माओवादीबीनाको सरकार बन्ने संकेत, मन्त्रिपरिषद् गठनको तयारी तिव्र

केन्द्रबिन्दु
0
Shares

हेटौंडा ।

डोरमणि पौडेलले प्रदेश नम्बर ३ मा मुख्यमन्त्रीको पद तथा गोपनियताको सपथ दिएका छन् । प्रदेश ३ मा एमालेको बहुमत छ । प्रदेश कार्यालयका प्रमुख कार्यालय सचिव चतुर्भुज ज्ञवालीका अनुसार प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई सथप खुवाएकी हुन् ।

कुल १ सय १० सदस्य प्रदेशसभामा एमाले एक्लैको (५८ सिट) बहुमत छ । त्यस्तै माओवादी केन्द्रका २३ सांसद छन् । प्रदेश ३ मा बहुमत ल्याएको एमालेले सरकार गठनको दाबी गर्दै पत्र बुझाएपछि प्रदेश प्रमुख कोइरालाले पौडेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

११ सदस्यीय मन्त्रीमण्डल

डोरमणि पौडेलले मुख्यमन्त्रीमा सपथ लिएसँगै मन्त्रिपरिषद् गठनको तयारी थालिएको छ । प्रदेश नम्बर ३ मा ११ सदस्यको मन्त्रीमण्डल गठन हुनेछ । एमाले स्रोतका अनुसार नेकपा एमालेबाट केशव स्थापित, रामेश्वर फुयाल, राजेन्द्र पाण्डे, बसन्त मानन्धर, रमा आले मगरको नाम सिफारिस भएको छ । 

माओवादीको सरकारमा नजाने संकेत

नेकपा माओवादी केन्द्रले भने सरकारमा नजाने संकेत देखाएको छ । पार्टी एकता अनिश्चित भएका कारण माओवादीले सरकारमा आफ्ना मन्त्रीहरुको नाम सिफारिस गरेको छैन् । सोही कारण अहिलेसम्म मन्त्रीहरको सपथ भएको छैन् ।

माओवादी संसदिय दलका नेता शालिकराम जम्मरकट्टेलका अनुसार मन्त्रालयमा पनि सहमति हुन सकेको छैन् । माओवादी केन्द्रले संसदीय दलका नेता जम्मरकट्टेललाई नै मन्त्री बनाउने तयारी गरेको छ । 

Skip This
Skip This
Logo