काठमाडौं
नेपाली कांग्रेस प्रतिनिधिसभामा पठाउने आफ्ना समानुपातिक सदस्यको नाम छनोटको अन्तिम गृहकार्यमा जुटेको छ । प्रतिनिधिसभाको प्रत्यक्षमा २३, समानुपातिकमा ४० र राष्ट्रिय सभामा १३ सिट पाएको कांग्रेसले समानुपातिकतर्फको नामका विषयमा औपचारिक तथा अनौपचारिक छलफल गरिरहेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा तर्फको समानुपातिक सूची आयोगमा पेस गर्ने विषयमा औपचारिक तथा अनौपचारिक छलफल भइरहेको भन्दै सोमबार बिहान सम्म अन्तिम टुंगो लगाइने बताए । निर्वाचन आयोगले सोमबार सम्मका लागि नाम बुझाउन दलहरूलाई समय दिएको छ । ‘पार्टी भित्र समानुपातिक नामका विषयमा छलफल भइरहेको छ, सोमबार बिहान सम्म ४० जनाकै नाम टुंगो लगाएर पठाउँछौं,’ प्रवक्ता शर्माले भने । राष्ट्रिय सभाको निर्वाचनपछि निर्वाचन आयोगले शुक्रबार समानुपातिकतर्फको सिट बाँडफाँट गर्दै कांग्रेसले ४० सिट पाउने निर्णय गरेको थियो । जस मध्ये कांग्रेसले २० जना महिला र २० जना पुरुष गरी ४० सदस्यको नाम समानुपातिक सूचीमा पेस गर्नु पर्नेछ । प्रवक्ता शर्माले आयोगमा सूची बुझाउँदा पहिलेकै क्रम अनुसार पठाइने र त्यसमा तल माथि नहुने समेत स्पष्ट पारे ।
राजधानीबाट





























प्रतिक्रिया