विराटनगर
प्रदेश १ को नाम के राख्ने भन्ने बहस सुरु भएको छ । जातीय वा भौगोलिक पहिचानका आधारमा राख्ने वा कुनै ऐतिहासिक धार्मिक सांस्कृतिक नाम राख्ने भन्नेमा सांसदहरूबीच मत भिन्नता देखिएको छ । "/>

प्रदेश १ को नामबारे सांसदहरूका फरक फरक धारणा

प्रदेश १ को नामबारे सांसदहरूका फरक फरक धारणा

केन्द्रबिन्दु
0
Shares

विराटनगर
प्रदेश १ को नाम के राख्ने भन्ने बहस सुरु भएको छ । जातीय वा भौगोलिक पहिचानका आधारमा राख्ने वा कुनै ऐतिहासिक धार्मिक सांस्कृतिक नाम राख्ने भन्नेमा सांसदहरूबीच मत भिन्नता देखिएको छ । कतिपय सांसद भने नामको विषय सहमतिमा टुंगो लगाइने भन्दै मौन बसेका छन् ।

प्रदेश १ मा ९३ सांसद छन्, जसमा एमालेका ५१, कांग्रेसका २१, माओवादीका १६, संघीय फोरमका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक–एक जना सांसद छन् । प्रदेशको स्थायी राजधानी कहाँ रहने र नाम के रहने भन्नेबारे पार्टीगत भन्दा पनि सांसदहरूले व्यक्तिगत धारणा अघि सारेका छन् । कांग्रेस सांसद सूर्यमाराज राईले प्रदेश १ को नाम धार्मिक, पर्यटकीय तथा भौगोलिक क्षेत्रको नामबाट राख्नु पर्ने बताए । माओवादी सांसद सौभाग्य राई भने जातीय र भौगोलिक दुवै पहिचान झल्किने नाम हुनु पर्ने बताउछँन् । यता एमाले सांसद सावित्री जोशीले भने जातीय पहिचान सहितको नाम राख्न नहुने बताइन् । उनले राष्ट्रिय पहिचान कमाएको र सबैलाई मान्य हुने नाम राख्नु पर्ने तर्क गरिन् ।
नयाँपत्रिकाबाट

Logo