काठमाडौं
एमालेले माओवादी केन्द्रसँगको वार्तालाई निर्णायक मोड दिन नयाँ मोडालिटी प्रस्ताव गर्ने भएको छ । अध्यक्ष केपी ओली सहित शीर्ष नेताहरूले पार्टी एकतालाई छिटो टुंगोमा पुर्‍याउन एकीकृत पार्टीको नेतृत्वका विषयमा नयाँ मोडालिटी प्रस्ताव गर्ने निष्कर्ष निकालेका हुन् । "/>

नयाँ मोडालिटीमा प्रचण्डसँग निर्णायक वार्ता गर्ने एमाले वैठकको निर्णय

नयाँ मोडालिटीमा प्रचण्डसँग निर्णायक वार्ता गर्ने एमाले वैठकको निर्णय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
एमालेले माओवादी केन्द्रसँगको वार्तालाई निर्णायक मोड दिन नयाँ मोडालिटी प्रस्ताव गर्ने भएको छ । अध्यक्ष केपी ओली सहित शीर्ष नेताहरूले पार्टी एकतालाई छिटो टुंगोमा पुर्‍याउन एकीकृत पार्टीको नेतृत्वका विषयमा नयाँ मोडालिटी प्रस्ताव गर्ने निष्कर्ष निकालेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वार्ता लम्बिँदै जाँदा पनि ठोस आकार नलिएपछि एमाले अध्यक्ष ओलीले पार्टीका शीर्ष नेताहरूलाई बोलाएर शनिबार निजी निवास बालकोटमा चार घन्टा गम्भीर परामर्श गरेका थिए । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव कुमार नेपाल, महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम बहादुर रावल र नेता सुवास नेम्वाङ मात्र सहभागी थिए । पछिल्लो वार्तामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार गठन अगावै एकीकृत पार्टीको नेतृत्व टुंगो लगाउनु पर्ने बताएपछि ओलीले शीर्ष नेताहरूसँग परामर्श गरेका हुन् ।

‘पार्टी एकतालाई सके सम्म चाँडो, तर्क सम्मत, व्यावहारिक र सबैलाई चित्त बुझ्दो ढंगले अघि बढाउने मोडालिटी विकसित गर्ने बारेमा हामीले छलफल गर्‍यौँ,’ बैठकपछि वरिष्ठ नेता खनालले भने, ‘अहिले ठ्याक्कै भन्ने स्थिति बनिसकेको छैन । तर हामीले दिएका सुझाबका आधारमा वार्ता प्रक्रियालाई उचाइमा पुर्‍याउने जिम्मेवारी पार्टी अध्यक्षलाई दिइएको छ ।’ प्रचण्डसँगको छलफलमा विभिन्न मोडालिटीमा छलफल हुँदै आए पनि कस्तो मोडालिटीका आधारमा वार्ता टुंग्याउने विषयमा भने खनालले प्रस्ट पारेनन् ।
नयाँपत्रिकाबाट

Logo