रौतहट
भारतसँग सिमा जोडिएको रौतहटको नाका भएर दैनिक बस्तुहरुको अबैध आयात हुँदै आएको छ । जिल्लाका प्रशासन र प्रहरी प्रमुखहरुले तस्करीको रुट ईजाजत दिएपछि तस्करीले तिब्रता पाएको हो । मुलुकमा राजनैतिक तरलताको फाईदा उठाउँदै प्रहरी प्रशासनको मिलोमतोमा रौतहटका कारोबारीले बस्तुको अबैध तबरले खुलेयाम आयात र निर्यात गर्दै आएका छन् ।
भारतसँग सिमा जोडिएको रौतहटको २६ किलोमिटरको सिमा क्षेत्रको मुख्य नाका गौर बाहेक जिल्लाको ब्रम्हपुरी, लक्ष्मिपुर बेलविछवा, महादेवपटी, बकैया खोलाको वगर, बन्जरहा, औरैयाको मनमोहनद्धार, रामपुर खाप, नरकटिया, बंकुल र सिमावर्ती वाराको कचोर्वा नाका भएर ठूलो परिमाणमा सामानहरुको तस्करी बढेको छ । प्रहरी प्रशासनहरुले तस्करीको कारोबारीहरु सँग आर्थीक लाभ लिएर पिकअप भ्यान, मिनी ट्रक, मोटरसाइकल, साइकल एवं पैदल भरियाको माध्यमबाट राजस्व छलेर लाखौं मूल्यका बस्तुहरु दैनिक नेपाल भित्र्याईरहेका छन ।
नेपालबाट सुपाडी, मरिच, सुकुमेल, ल्वाँग, फेयर एण्ड लभली, शिखर चुरोट, पान मसला गुटखा, मदिरा, डिजेल पेट्रोल लगायतका सामानहरु उक्त नाका हुँदै भारत तर्फ निर्यात हुदै आएको छ भने सिमापारी भारतबाट सिमेन्ट, साडी, सर्टपाइन्टको कपडा, रेडिमेट लेडिज सुट, पारचुनका सामान, मोटरपार्टस, चिनी, चामल, दाल लगायत दैनिक उपभोग्य सामग्री सहित हार्डवेयरका सामान, स्पेयर पार्टस, स्टिल र प्रतिबन्धित कुखुराको चल्ला, लागु औषध सहितका सामानहरु आयात हुने गरेको जानकारहरु बताउँछन ।
गौर भन्सार कार्यालयले आर्थिक बर्ष २०७४÷०७५ को लागी १७ करोड ४४ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएपनि यस आर्थीक बर्षको पौष मसान्त सम्ममा ५ करोड २२ लाख मात्र राजस्व संकलन गरेको छ । यसबाट समेत रौतहटमा भित्रिने बस्तुको भन्सार राजश्व छलि हुने गरेको प्रस्ट हुन्छ । गत आर्थिक बर्षमा नाकाबन्दि र आन्दोलनको प्रभाब हुँदा समेत लक्ष्य भन्दा २३ प्रतिशत बढी राजस्व संकलन गरेको गौर भन्सार कार्यालय रौतहटले यस बर्ष भने तस्करी बढेकै कारण राजश्व संकलन प्रभाबित भएको हो ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया