काठमाडौं
गैँडाकोट नगरपालिका–१४ अमरापुरीका २९ वर्षीय बालकृष्ण खरेलको गत २२ माघमा विवाह थियो । अघिल्लो दिन विवाहको सबै तयारी भयो । "/>

विवाहकै दिन बेहुला बेपत्ता ,अपहरण भएको परिवारको आशंका

विवाहकै दिन बेहुला बेपत्ता ,अपहरण भएको परिवारको आशंका

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
गैँडाकोट नगरपालिका–१४ अमरापुरीका २९ वर्षीय बालकृष्ण खरेलको गत २२ माघमा विवाह थियो । अघिल्लो दिन विवाहको सबै तयारी भयो । निकै ढिला गरी सुत्न गए । परिवारका अन्य सदस्य ओछ्यानमा जाँदा बिहान पौने एक बजिसकेको थियो । त्यतिवेला सम्म पनि उनी कोठामा सुतिरहेकै थिए । विवाहका दिन सबै उठे, बालकृष्ण उठेनन् । आफन्त कोठामा गए, तर उनी ओछ्यानमा थिएनन् । आफन्तले तत्कालै उनको खोजी सुरु गरे । तर ६ दिन बितिसक्दा पनि उनी भेटिएका छैनन् । बालकृष्णको अपहरण भएको हुन सक्ने परिवारले आशंका गरेका छन् । दाइ गुरुप्रसाद खरेलका अनुसार उनलाई बिहान एक बजे सम्म आफन्तले घरमै देखेका थिए । बिहान पौने ६ बजेतिर ओछ्यानमा हेर्दा नदेखेपछि खोजतलास सुरु भएको थियो ।

‘केही चिन्ताका कारण कतै गयो कि भनेर उक्त दिन गाउँघरका साथीहरूसँग सोधपुछ मात्रै गर्ने काम गरियो, कतै फेला नपारेपछि प्रहरीमा खोजी गरिदिन निवेदन दियौँ, तर अझै सम्म पनि पत्ता लाग्न सकेको छैन,’ खरेलले भने । बालकृष्ण कति वेला, कताबाट, कसरी बाहिर गए भन्ने सम्म पनि परिवारका कसैलाई पत्तो छैन । उनी नौ वर्ष स्पेन बसेर दुई महिना अघि मात्र फर्किएका थिए । पारिवारिक स्रोतका अनुसार उनको राजीखुसीमा डेढ महिना अघि विवाह पक्का भएको थियो ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo