सिँचाइ मन्त्रालयका सचिवको शव फेला

सिँचाइ मन्त्रालयका सचिवको शव फेला

केन्द्रबिन्दु
0
Shares

धादिङ । नेपाल सरकारका सिँचाइ सचिव रामानन्द यादव चढेको बा २ झ ३१४० नं को जीप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट आज बिहान त्रिशूली नदीमा परेर हराएकामा सचिव यादवलाई मृतावस्थामा फेला पारिएको छ । 

सशस्त्र प्रहरी गोताखोरको टोलीले उनको शव पानीबाट बाहिर निकालेको हो । बेपत्ता भएका उनका छोरा र एक किशोरी भने अझै भेट्टिएका छैनन् । जीपलाई डोरीले बाँधेर अड्काइएको प्रजिअ श्याम भण्डारीले जानकारी दिए । 

नारायणघाटबाट काठमाडौँतर्फ आउँदै गरेको जीपमा मन्त्रालयका सचिव यादव, उहाँका छोरा सञ्जय र एक किशोरी सवार थिए । चालक निराजन यादव भने घाइते भएका छन् । बेपत्ताको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सेनाले जानकारी दिए । घाइते चालकलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । रासस

Logo