काठमाडौं
नेपालको संविधानले जातीय विभेदलाई अपराध मानेको छ । तर बैतडीको शिवनाथ गाउँपालिका–६ कनालीका शिक्षक दम्पती करन र राजु रानालाई जातीय विभेदकै कारण जागिरबाट निकालियो, घर जलाइयो र गाउँबाट विस्थापित बनाइएको छ । "/>

जातीय विभेदको यो पराकाष्ठा, शिक्षकदम्पतीको जागिर खोसियो !

जातीय विभेदको यो पराकाष्ठा, शिक्षकदम्पतीको जागिर खोसियो !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
नेपालको संविधानले जातीय विभेदलाई अपराध मानेको छ । तर बैतडीको शिवनाथ गाउँपालिका–६ कनालीका शिक्षक दम्पती करन र राजु रानालाई जातीय विभेदकै कारण जागिरबाट निकालियो, घर जलाइयो र गाउँबाट विस्थापित बनाइएको छ । दश महिना देखि न्यायका लागि सरकारी कार्यालय धाइरहेको यो दम्पती अहिले बिचल्लीमा छ ।

यो दम्पतीलाई गत चैतमा स्थानीय बासिन्दाले शिक्षकबाट निकालेका थिए । त्यसपछि घरमा आगो लगाए भने ज्यान मार्ने धम्की पनि दिए । चार छोराछोरी सहित बैतडी सदरमुकाम शाहीलेकमा बस्दै आएका रानादम्पती कसैले वास्ता नगरेको गुनासो गर्छन् । करनले भने, ‘रोजीरोटी खोसियो, घरमा आगो लगाइयो । गाउँबाट विस्थापित गरियो । सबै ठाउँ धाउँदा धाउँदा थाकि सकेँ । अब त मुद्दा लड्ने पैसा पनि छैन । छोराछोरीलाई स्कुल पठाउन पाएको छैन ।’

यसरी गरियो विस्थापित

राजु गाउँकै कृष्ण निमाविमा शिशु कक्षा पढाउँथिन् भने करन छिमेकी हिरापुर माविमा राहत कोटामा निमावि शिक्षक थिए । गाउँकै गैरदलित १५ वर्षीया किशोरी र दलित युवक बिहे गर्नका लागि गाउँबाट भागे । किशोरीका परिवारले भगाउनमा राजुले सहयोग गरेको आरोप लगाए । त्यसपछि गाउँलेको दबाबमा दुवै विद्यालयले दम्पतीलाई शिक्षकबाट हटाए । केही दिनपछि किशोरी सम्पर्कमा आइन् । उनले प्रहरीसँग राजुको कुनै हात नरहेको र आफूखुसी दुवैजना बिहे गर्न भागेको बताइन् । केही दिनमा विवाद साम्य भयो । किशोरी पनि घर फर्किन् । फेरि केही दिनपछि किशोरीका परिवारले बेचबिखन गर्न खोजेको आरोप लगाएर प्रहरीमा उजुरी दिए । प्रहरीले उजुरी त दर्ता गरेन, तर दुवै विद्यालयले उनीहरूलाई काम गर्न दिएनन् ।

त्यसपछि गत असोजमा एक समूहले रानादम्पतीको घरमा आगो लगायो । घरका पूरै सरसामान जलेर नष्ट भए । करनले गाउँकै ६ जना विरुद्ध प्रहरीमा उजुरी दिए र उनीहरूलाई प्रहरीले पक्राउ पनि गर्यो । तर उनै किशोरीले आफूले आगो लगाएको बताएपछि प्रहरीले सबैलाई छोड्यो भने उनलाई नियन्त्रणमा लियो । बैतडी जिल्ला कारागारमा राख्ने ठाउँ नभएपछि किशोरीलाई पुर्पक्षका लागि कैलाली जिल्ला कारागारमा राखिएको छ ।
नयाँपत्रिकाबाट

Logo