काठमाडौं
सरकारले राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफारिस गरेको छ । बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले गोपालकुमार बस्नेत (झापा), चाँदनी जोशी (काठमाडौं) र कृष्णप्रसाद पौडेल (स्याङ्जा) लाई राष्ट्रियसभामा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । "/>

राष्ट्रियसभामा मनोनित हुने तीन जनाको नाम सिफारिस, को को परे ?

राष्ट्रियसभामा मनोनित हुने तीन जनाको नाम सिफारिस, को को परे ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
सरकारले राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफारिस गरेको छ । बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले गोपालकुमार बस्नेत (झापा), चाँदनी जोशी (काठमाडौं) र कृष्णप्रसाद पौडेल (स्याङ्जा) लाई राष्ट्रियसभामा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ ख बमोजिम सरकारले राष्ट्रिय सभामा नियुक्तिका लागि तीन जनाको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको हो । सिफारिसमा परेका बस्नेत झापा कांग्रेसका पूर्वसचिव हुन् । कांग्रेस विभाजित हुँदा उनी शेरबहादुर देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेस झापाका जिल्ला सभापति थिए ।

यस्तै जोशी महिला विकासका लागि संयुक्त राष्ट्रसंघीय कोषकी दक्षिण एसिया क्षेत्रकी पूर्वनिर्देशक हुन् । जोशीसँग पद्मकन्या क्याम्पसमा प्राध्यापन गरेको पनि अनुभव छ । राष्ट्रियसभा सदस्यका लागि सिफारिस पौडेल कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव हुन् ।
अन्नपूर्णबाट

Logo