सुर्खेत
संसदीय दलको नेता चयनसँगै माओवादी केन्द्रले ६ नम्वर प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु गरेको छ । माओवादी केन्द्रको संसदीय दलको नेतामा बिहीबार महेन्द्रबहादुर शाही चयन भएका थिए । "/>

प्रदेश नं. ६ मा सरकार गठनको गृहकार्य सुरु

प्रदेश नं. ६ मा सरकार गठनको गृहकार्य सुरु

केन्द्रबिन्दु
0
Shares

सुर्खेत
संसदीय दलको नेता चयनसँगै माओवादी केन्द्रले ६ नम्वर प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु गरेको छ । माओवादी केन्द्रको संसदीय दलको नेतामा बिहीबार महेन्द्रबहादुर शाही चयन भएका थिए । ‘सरकार गठनका लागि गृहकार्य सुरु गरेका छौं’ ६ नम्वर प्रदेश इन्चार्ज एवं पूर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले भने, ‘सत्ता साझेदार नेकपा एमालेसँग सहकार्य गरेर मन्त्रालय बाँडफाँटको टुङ्गो लगाउँछौं ।’

उनले केन्द्रमा भएको सहमति अनुसार ६ नम्वर प्रदेशमा सरकार गठनका लागि पहल थालिएको बताए । ‘वाम गठवन्धन बीच केन्द्रमा भएको सहमति अनुसार ६ र ७ नम्वर प्रदेशको मूख्यमन्त्री हामीले पाएका छौं’ बस्नेतले भने, ‘सोही अनुसार प्रक्रिया सुरु गरेका हौं ।” उनले २९ गते सभामुख चयन लगत्तै सरकार गठन हुने बताए ।

एमालेसँग बसेर मन्त्रालयको टुङ्गो लगाएर फागुन ३ गते भित्रै सरकार गठन गर्ने उनको भनाई थियो । सात मन्त्रालय रहने ६ नम्वर प्रदेशमा मूख्यमन्त्री सहित माओवादीले तीन र एमालेले चार मन्त्रालय पाउने मोटामोटी सहमति दुई दल बीच भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर पूर्व गृहमन्त्री समेत रहेका बस्नेतले दुई दल बीचको सहमतिमै मन्त्रालयको भागबण्डा हुने बताए।
नागरिकबाट

Logo