काठमाडौं
सात प्रदेश मध्ये सबैभन्दा चाँडो संसदीय दलको नेता छानेको प्रदेश ५ मा एमाले जति सक्दो चाँडो सरकार गठन गर्न चाहन्छ । "/>

प्रदेश ५ मा सरकार बनाउन एमाले हतारमा

प्रदेश ५ मा सरकार बनाउन एमाले हतारमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
सात प्रदेश मध्ये सबैभन्दा चाँडो संसदीय दलको नेता छानेको प्रदेश ५ मा एमाले जति सक्दो चाँडो सरकार गठन गर्न चाहन्छ । तर वाम गठबन्धनमा रहेको सहकर्मी माओवादीका कारण ढिलाइ भइरहेको छ । सभामुख चयन पछि मात्रै सरकार गठन गर्ने माओवादीको योजना छ ।

एमालेले संसदीय दलको नेतामा शंकर पोखरेललाई सर्वसम्मत चयन गरिसकेको छ । माओवादीले संसदीय दलको नेता टुंग्याएमा शुक्रबार प्रदेश प्रमुखलाई लिखित पत्र दिँदै आइतबार तीन सदस्यीय सरकार गठन गर्ने तयारी एमालेको थियो । तर बिहीबार दाङमा बसेको माओवादीको प्रदेश सचिवालय बैठकले २ फागुनमा सभामुख चयन भएपछि मात्र प्रदेश सरकार गठनको गृहकार्य गर्ने भएको निर्णय गरेको छ ।

‘हामीले दलको नेताको नाम लगभग टुंगो लगाएका छौँ । अब २८ माघमा संसदीय दलको बैठक बसेर नेताको औपचारिक घोषणा गर्छौँ,’ माओवादी सांसद वसन्त घर्तीले भने, ‘हाम्रो दलको नेता औपचारिक रूपमा चयन भएपछि २ फागुनमा सभामुखको निर्वाचन हुन्छ र त्यसपछि मुुख्यमन्त्री चयन र सरकार विस्तार गर्ने माओवादीको तयारी छ ।’
नयाँपत्रिकाबाट

Logo