मुस्ताङ
कोरला नाका सञ्चालनका लागि चीन र नेपाल सरकारले पूर्वाधार निर्माणलाई तीव्रता दिनुका साथै कूटनीतिक पहल थालेका छन् । कोरला नाका सञ्चालनका लागि पहुँच मार्ग निर्माणसँगै सुरक्षा निकायको क्याम्प खडा गर्ने तयारी गरिएको छ । कोरला नाका नजिकै पर्ने नेचुङ भन्सार कार्यालय यस अघि नै सञ्चालनमा आइसकेको छ भने चिनियाँ सरकारले नाका आसपासमा करिब पाँचतले भवन निर्माण गरिसकेको छ ।
सन् २०१७ अक्टोबरमा चिनियाँ राजदूत यु हाङले औपचारिक रुपमा कोरला नाकाको भ्रमण गरेकी थिइन् । मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेम प्रसाद तुलाचनले उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत कोरला नाका जोड्ने पहुँचमार्गको स्तरवृद्धिको काम तीव्ररुपमा अघि बढेकोे जानकारी दिए । उनले उक्त नाका शीघ्र खुलाउन पहल भइरहेको बताए ।
जोमसोम देखि ११० किलोमिटर उत्तरतर्फ अवस्थित कोरला नाकामा सहजरुपमा यातायातको पहुँच पुर्याउन आयोजना मार्फत पाँचवटा प्याकेजमा दुई लेनको ग्राभेल सडक बनाउने काम भइरहेको छ । करिब ४० प्रतिशत काम सकिएको छ । बेनी–जोमसोम सडकखण्ड निर्माण गर्न टेण्डर आह्वान भइसकेको छ भने केही क्षेत्रमा निर्माण तीव्र रुपमा भइरहेको छ ।
नागरिकबाट





























प्रतिक्रिया