काठमाडौं
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकतालाई छिटै टुङ्गोमा पुर्याउने निष्कर्ष निकालेका छन् । दुई पार्टीका शीर्ष नेता सम्मिलित उच्चस्तरीय बैठकले क्रान्तिकारी कम्युनिस्ट पार्टी बीचको एकता आवश्यक रहेको ठहर गर्दै एकता प्रक्रियालाई छिटै टुंगोमा पुर्याउने निर्णय गरेको हो।
दुई वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताको विषयमा निर्णायक छलफल चलाइरहेका बेला विप्लव र किरण नेतृत्वको माओवादीले समेत एकता प्रक्रिया अघि बढाएका हुन् । क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले क्रान्तिकारी शक्ति बीच कार्यगत एकता भइरहेका समय त्यसलाई पार्टी एकतामा रुपान्तरण गर्न दुवै दलका नेताले निर्णय गरेको बताए।
किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले ऋषि कट्टेल नेतृत्वको नेकपा र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसँग कार्यगत एकता गर्दै आएको छ । नेकपाका महासचिव विप्लव र नेकपा क्रान्तिकारी माओवादीका महासचिव किरणले बिहीबार संयुक्त विज्ञप्ति निकाल्दै पार्टी एकताको प्रक्रियालाई अगाडि बढाउन छिटै आवश्यक पहल गर्ने निर्णय गरिने बताए ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया