काठमाडौँ
सरकारले इन्धन कारोबारमा एकाधिकार प्राप्त नेपाल आयल निगमको संरचना परिवर्तन गर्ने भएको छ । परम्परागत ढाँचामा सेवा विस्तार गर्दै आएको निगमको संरचना परिवर्तन गरी समसामयिक बनाउन लागिएको सरकारले जनाएको छ । "/>

आयल निगमको संरचना परिवर्तन गरिँदै

आयल निगमको संरचना परिवर्तन गरिँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
सरकारले इन्धन कारोबारमा एकाधिकार प्राप्त नेपाल आयल निगमको संरचना परिवर्तन गर्ने भएको छ । परम्परागत ढाँचामा सेवा विस्तार गर्दै आएको निगमको संरचना परिवर्तन गरी समसामयिक बनाउन लागिएको सरकारले जनाएको छ । निगमलाई हालको सेवामूलकबाट पूर्ण रूपमा व्यवसायमूलक बनाई परम्परागत ढाँचालाई परिवर्तन गर्दै नयाँ संरचनामा लैजान लागिएको आपूर्ति सचिव अनिलकुमार ठाकुरले जानकारी दिए ।

“निगम कर्मचारी र सञ्चालक समिति बीच छलफल गरेर निगमका देखिएको समस्यालाई कसरी सम्बोधन गर्ने भनेर रणनीति योजना तयार गर्न लागिएको छ,” सचिव ठाकुरले भने, “निगममा पुरानो मोडलको व्यवस्थापन रहेकाले त्यसलाई समसामयिक बनाउन लागिएको हो ।”  “उदारीकरण नीति अनुसार कानुन, व्यवस्थापन, लगानी, संरचना र दक्ष जनशक्ति भएन भने निगमलाई नयाँ ढाँचामा लैजान सकिँदैन,” सचिव ठाकुरले भने, “सोही अनुसार निगमको हालको संरचनामा परिवर्तन गरी नयाँ संरचनामा लैजान लागेका छौं ।” निगमको प्राविधिक र व्यवस्थापन पक्ष सुधार गर्न लागिएको सचिव ठाकुरले जानकारी दिए ।

निगमको टेकुमा रहेको जग्गामा अटो हब बनाउने तयारी गरिएको छ भने बबरमलमा रहेको केन्द्रीय कार्यालयलाई कर्पोरेट कार्यालयका रूपमा स्तरोन्नती गर्ने तयारी गरिएको मन्त्रालयको भनार्इ छ । निगमले दिँदै आएको सेवा प्रभावकारी बनाउनका लागि नयाँ कर्मचारी भर्ना गर्न लागिएको छ । निगमको प्राविधिक र व्यवस्थापकीय क्षमता बढाउन अति जरुरी रहेको भन्दै सचिव ठाकुरले निगमका देखिएका समस्यालाई समाधान गर्ने गरी एउटा छुट्टै खाका तयार गर्न आवश्यक रहेको बताए ।
कारोबारबाट

Logo