काठमाडौँ
आगामी फागुन १ गते देखि दुईपांग्रे सवारीमा पनि उच्च प्रविधिको इम्बोस्ड नम्बर प्लेट जडान सुरु गरिने भएको छ । "/>

फागुन १ देखि दुईपांग्रेमा सवारीमा पनि इम्बोस्ड नम्बर

फागुन १ देखि दुईपांग्रेमा सवारीमा पनि इम्बोस्ड नम्बर

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
आगामी फागुन १ गते देखि दुईपांग्रे सवारीमा पनि उच्च प्रविधिको इम्बोस्ड नम्बर प्लेट जडान सुरु गरिने भएको छ । गएको मंसिर अन्तिमबाट साविकको बागमती अञ्चलमा चारपांग्रे सवारीमा इम्बोस्ड नम्बर प्लेट जोड्न सुरु गरिएको थियो । फागुन देखि सरकारी, कूटनीतिक र संस्थानका दुईपांग्रे तथा चारपांग्रे सबै सवारीमा यातायात व्यवस्था विभागबाटै इम्बोस्ड नम्बर प्लेट जडान गरिने भएको छ ।

बागमती अञ्चलमा दर्ता भएका चारपांग्रे सवारीबाट सुरु गरिएको इम्बोस्ड नम्बर जडान दुईपांग्रे हुँदै अन्य कार्यालयबाट पनि छिट्टै सुरु हुने विभागले जनाएको छ । इम्बोस्ड नम्बर प्लेट जडान गर्ने जिम्मा पाएको डेकाटुर टाइगरले ५ वर्षभित्र सक्नुपर्ने भएको मोटरसाइकलमा फागुन १ देखि जडान सुरु गरिने निर्णय भएको विभाग स्रोत बतायो । “आगामी फागुन १ देखि दुईपांग्रे सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गरिने निर्णय मंगलबार भएको हो,” स्रोतले भन्यो, “त्यस्तै अब सरकारी, संस्थान र कूटनीतिक नियोगका दुई र चारपांग्रे सवारीमा विभागबाट नै इम्बोस्ड नंम्बर प्लेट जडान हुने छन् ।”

विभागले बागमती अञ्चलमा दर्ता भएका सबै चारपांग्रे सवारीमा ०७५ असार मसान्त भित्र अनिवार्य रूपमा इम्बोस्ड प्लेट जडान गर्नु पर्ने निर्णय यसअघि गरेको थियो । त्यही अनुरूप यातायात व्यवस्था कार्यालय साना÷ठूला सवारी बागमतीमा गत मंसिर देखि इम्बोस्ड नम्बर जडान भइरहेको छ । हाल सम्म करिब १५ सय सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेको कार्यालय प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए । “हामी लक्ष्य पूरा गर्ने गरी अघि बढिरहेका छौं । यसमा केही ढिलो होला तर जतिसक्दो छिटो काम होस् भनेर हामी लागि रहेका छौं,” पाण्डेले भने, “४ हजार भन्दा बढीले आवेदन दिएको र यो दैनिक वृद्धि हुँदै गइरहेको छ ।”
कारोबारबाट

Logo